भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने


२८ असार २०७८, सोमबार


काठमाडौँ । अमेरिकाबाट जोन्सन र चीनबाट भेरोसेल खोप आइपुगे लगत्तै सरकारले असार २९ गते भोलिदेखि खोप अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मङ्गलवारदेखि दुवै खोप लगाइन सुरु गर्ने निर्णय गरेको छ । निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकोले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउनेछन् ।

भेरोसेल ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइने भएको छ ।

जोन्सन एन्ड जोन्सन चाहिँ ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्ग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।

खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।

No description available.

 

Tags :
प्रतिक्रिया दिनुहोस