दक्षिण कोरियाली राष्ट्रपति मूनप्रति जनविश्वास बढ्दो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दक्षिण कोरियाली राष्ट्रपति मूनप्रति जनविश्वास बढ्दो


एजेन्सी

२८ असार २०७८, सोमबार


सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३.१ अङ्कले वृद्धि भई ४१.१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ ।

मार्चपछि १८ हप्तामा उनीप्रतिको समर्थनमा पहिलोपटक ४० प्रतिशतभन्दा माथि पुगेको हो ‘रियलमिटर’ सर्वेक्षण रिपोर्टले देखाएको छ ।

राष्ट्रपति मूनको आचरणको नकारात्मक मूल्याङ्कन पहिलेको हप्ताको तुलनामा गत हप्ता ३.२ प्रतिशत अङ्कले घटेर ५४.९ प्रतिशतमा झरेको छ ।

मूनको डेमोक्रयाटिक पार्टीप्रतिको समर्थन गत हप्ता ३.३ प्रतिशतले वृद्धि भई ३२.९ प्रतिशत पुगेको छ । दक्षिण कोरियाको मुख्य प्रतिपक्षी दल, पिपल्स पावर पार्टीलाई गत हप्ता ३७.१ प्रतिशत समर्थन मिलेको छ । यो अघिल्लो हप्ताको तुलनामा ०.६ प्रतिशतले बढी हो ।

अर्को दल ओपन डेमोक्रयाटिक पार्टीप्रतिलाई सात प्रतिशत मात्र समर्थन मिलेको छ भने पिपल्स पार्टीलाई छ र जस्टिस पार्टीलाई ३.५ प्रतिशत समर्थन कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस