सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनः स्थापना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनः स्थापना


२८ असार २०७८, सोमबार


काठमाडौँ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनः स्थापित भएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै काँग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उक्त मुद्दामाथि सुनुवाइका सबै प्रक्रिया सकेको अदालतले एक साता समय तोकेर हेर्दाहेर्दैमा राखेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस