बालुवाटारमा खोप हस्तान्तरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा खोप हस्तान्तरण


प्रशासन संवाददाता

२८ असार २०७८, सोमबार


काठमाडौँ । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप आज काठमाडौँ आइपुगेको छ । आज बिहान आइपुगेको खोप अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्यमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमा हस्तान्तरण गरेका हुन् ।

अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप दिएको छ। यो खोप एक मात्रा मात्रै लगाउँदा पुग्छ ।

अमेरिकाबाट प्राप्त जोनसन एन्ड जोनसनको खोप वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदार, शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेसाकर्मी र ५० देखि ५५ वर्षको उमेर समूहलाई दिन प्रस्ताव गरिएको छ ।

यसबारे केही दिनभित्रै निर्णय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस