प्रदेश १ लोक सेवा : स्थानीय सेवाका लागि साबिक विज्ञापनमा प्राविधिकतर्फ थप कर्मचारी माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ लोक सेवा : स्थानीय सेवाका लागि साबिक विज्ञापनमा प्राविधिकतर्फ थप कर्मचारी माग


२८ असार २०७८, सोमबार


विराटनगर । प्रदेश नम्बर १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तर्फको साबिक विज्ञापनमा केही पद थपेको छ ।

इन्जिनियरिङ सेवा तर्फका सिभिल समूह सहायक स्तर चौथो, असिस्टेन्ट सब इन्जिनियर र सहायक स्तर पाँचौँ तह, सब इन्जिनियर पदको आन्तरिक, खुला र समावेशी पदको सङ्ख्या थप गरिएको आयोगले जनाएको छ ।

साबिकको विज्ञापनमा थपिएका पदमध्ये असिस्टेन्ट सब इन्जिनियर आन्तरिक तर्फ ७, खुला तर्फ १६, महिलातर्फ ९, आदिवासी जनजाति २ र मधेसी १ पद थप गरिएका छन् ।

यसैगरी सब इन्जिनियर खुलातर्फ १० र महिलातर्फ ६ पद थपिएका छन् ।

आयोगले गत २०७७ चैत ३० विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा नयाँ पद थपिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस