देशभर थप १८३१ मा कोरोना पुष्टि, १५३३ जना संक्रमणमुक्त, २० को मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देशभर थप १८३१ मा कोरोना पुष्टि, १५३३ जना संक्रमणमुक्त, २० को मृत्यु


२७ असार २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ८३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलका अनुसार ५ ५३५ पीसीआर र ३६८३ जनाको एन्टीजेन गरी ९ हजार २१८ परीक्षण गर्दा १८३१ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् भने २० संक्रमितको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ८९४ हजार जना निको भएका छन् भने ९ हजार ३८२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार १७३ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस