क्रियाशील सदस्यता विवाद : ६ बुँदे माग सहित कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

क्रियाशील सदस्यता विवाद : ६ बुँदे माग सहित कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना


२७ असार २०७८, आइतबार


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विधानविपरीतका क्रियाशील सदस्यता खारेज गर्न माग गर्दै धर्ना शुरू भएको छ ।

पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गर्न माग गर्दै नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरू आजदेखि पार्टी कार्यालय सानेपाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् ।

धर्ना बस्नेमा पूर्वसभासदद्वय रामअयोध्या प्रसाद यादव, लालबाबु सिंह, नेविसंघ पूर्वसहमहामन्त्री राजेश रौनियारसहित बाराका विभिन्न वडाका बुथ सभापतिहरू छन् ।

धर्नामा बसेका नेता कार्यकर्ताले पार्टीको विधान अनुसार वडा र क्षेत्रको बैठकबाट पारित नभई मनपरी ढंगले क्रियाशील सदस्यता बाँड्ने काम भएको आरोप लगाएका छन् ।

उनीहरुले ६ बुँदे माग राखेका छन् । पार्टीको वडा कार्यसमितिले विधानअनुसार सिफारिस गरेभन्दा बाहेकका सदस्यता जुन विधानविपरीत आएको र त्यसलाई खारेज गर्नुपर्ने बताएका छन् । त्यस्तै जालसाजी गरेर थपिएका क्रियाशील खारेज नभएसम्म धर्ना जारी रहने पनि बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस