प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक


२७ असार २०७८, आइतबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । एमाले भित्र एकताका लागि सहमति बन्न ढिलाइ भइरहँदा अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

एकताका लागि कार्यदलस्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिए पनि सहमति नजुट्दै अध्यक्ष ओलीले बैठक बोलाएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार बैठक अपरान्ह् ४ बजे बस्नेगरी बोलाइएको हो ।

एकताका लागि गठन गरिएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले आज बिहान ८ बजेसम्म ‘सुखद खबर’ आउने जानकारी पत्रकारलाई दिएका थिए । यद्यपि अहिलेसम्म कार्यदलले सहमतिको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस