राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न प्रस्ताव पेस « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न प्रस्ताव पेस


२७ असार २०७८, आइतबार


काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् । आजको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै गौतमले उक्त प्रस्ताव पेस गरेका हुन् ।

गौतमले प्रस्ताव पेस गर्दै भने,‘मलाई केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने बाटो खोल्न निर्वाचन लड्ने क्षेत्र खोज्नुस् भन्नुभयो मैले लड्दैन भने । त्यसो भए राष्ट्रियसभामा लड्नुस् भन्नुभयो मैले लड्दैन भने । किन नलड्ने भन्नुभयो, मैले म लड्नुपर्छ भने राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुने व्यवस्था गर्नुस् भनेँ, त्यसलाई बाहिर कोकोहोलो गरेर विरोध गरियो, आज पनि म भन्छु, राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न म यो सदनसमक्ष प्रस्ताव गर्दै छु ।’

उनले राष्ट्रियसभामाथि संसद्को अभिन्न अङ्ग भए पनि विभेद भएको बताए । ‘यो सभाले उचित सम्मान आर्जन गर्ने हो भने, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्छ, बेलायतको हाउस अफ कमन्स भएर जमिन्दारको मात्र प्रतिनिधित्व गर्ने हो भने फरक कुरा।’ उनले अर्थमन्त्री विष्णु पौडेललाई राष्ट्रिसभामा बजेट प्रस्तुत गर्नसमेत आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस