कोपा अमेरिका : ब्राजिललाई हराउँदै २८ वर्षपछि अर्जेन्टिनाले जित्यो उपाधि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोपा अमेरिका : ब्राजिललाई हराउँदै २८ वर्षपछि अर्जेन्टिनाले जित्यो उपाधि


२७ असार २०७८, आइतबार


काठमाडौँ । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै २८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितको हो ।

रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनाको लागि खेलको २२औँ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाएका थिए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक गोल बन्यो । रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।

सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो । २००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस