पार्टी एकताको काम टुंग्यायौँ, भोलि बिहान ८ बजे सुखद् समाचार सुन्नुहुन्छ : सुवास नेम्वाङ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पार्टी एकताको काम टुंग्यायौँ, भोलि बिहान ८ बजे सुखद् समाचार सुन्नुहुन्छ : सुवास नेम्वाङ


२६ असार २०७८, शनिबार


काठमाडौँ । नेकपा एमाले विवाद समाधान कार्यदल सदस्य सुवास नेङम्वाङले पार्टी एकताको काम टुंगिएको बताएका छन् ।

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टी एकाताको सबै प्रक्रिया टुंग्याएको उनको बताए। उनले आइतबार बिहान ८ बजे सुखद् समाचार सुनाउने दाबीसमेत गरेका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘हामीले साह्रै मेहनतका साथ तपाईंहरूको शुभकामनाले हामीले काम टुंग्याए बराबर छ। भोलि बिहान ८ बजे तपाईंहरूले सुखद् समाचार सुन्न पाउनु हुनेछ।’

कार्यदलले सबै विवादित विषय टुंगो लगाएको हो ? भन्ने प्रश्नमा उनले भने,‘ अब त्यो सबै कुरा भोलि बिहान भन्नेछ।’

शनिबार निर्धारित समयभन्दा ढिला गरी सिंहदरबारमा बैठक बसेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस