माधव पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै कार्यदलको बैठक सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माधव पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै कार्यदलको बैठक सुरु


२६ असार २०७८, शनिबार


काठमाडौँ । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदवारमा सुरु भएको छ । माधव पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै कार्यदलको बैठक सुरु भएको हो ।

बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरुले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । सो छलफलबाट उनीहरु फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो ।

दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो ।

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस