एमाले कार्यदलको बैठक बस्दै, आज सहमति टुङ्गो लाग्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले कार्यदलको बैठक बस्दै, आज सहमति टुङ्गो लाग्ने


२६ असार २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक अहिले केही बेरमै सुरु हुने भएको छ । अहिले साढे २ बजे सिंहदरवारमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालले बसेर सहमतिलाई अन्तिम रूप दिने बताइएको छ ।

हिजो बसेको कार्यदलको बैठकले सहमतिको दस्ताबेज मस्यौदा गरेको बताएको थियो । यसअघि गत बुधवार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच नक्सालस्थित होटेल मेरियटमा वार्ता भएको थियो । सोपछि दुई नेताबीच वार्ता हुन सकेको छैन ।

कार्यदलस्तरमा सहमति गर्ने जिम्मेवारी दिएका दुवै नेताले सहमतिलाई अन्तिम रूप दिन दुई नेताबीच पुनः वार्ता हुने कार्यदलका सदस्यहरूको बुझाई छ ।

एमाले पार्टी संरचनालाई २०७५ जेठ २ गतेअघिको साङ्गठनिक प्रक्रियामा लगेर अगाडि बढ्ने, केन्द्रीय कमिटीलाई विस्तार गरी केही नेताहरूलाई त्यसमा समेट्ने तयारी कार्यदलको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस