प्रधानमन्त्री ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा


२६ असार २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली आज उक्त क्षेत्रमा गएका हुन् ।

प्रधानमन्त्री ओली अहिले हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाने कार्यक्रम छ । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन सुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिरोबाट जनधनको क्षति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस