प्रहरीका एआईजीहरूको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीका एआईजीहरूको सरुवा, हेर्नुहोस् को कहाँ ?


२५ असार २०७८, शुक्रबार


नेपाल प्रहरी

काठमाडौँ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक(एआईजी) हरूको सरुवा भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका छन् भने उनको ठाउँमा प्रद्युम्न कार्की आएका छन् । कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

प्रशासन विभागका नीरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागको जिम्मा दिइएको छ भने अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएका छन् ।

त्यसै गरी एआईजी सहकुल बहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा खटाइएको छ । आइजिपी शैलेश थापाको अवकाशसँगै पोखरेल र थापाको प्रतिस्पर्धा हुँदै छ ।

प्रहरी महानिरीक्षक थापाले एक वर्ष नभई प्रहरी प्रमुखहरूको सरुवा नगर्ने आचारसंहिता बनाए पनि केही अधिकारीको ७–८ महिनामै सरुवा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस