कार्यदल बैठकबाट बाहिरिदै पोखरेलले भने- सम्भवतः आजै विवाद टुङ्ग्याउँछौ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कार्यदल बैठकबाट बाहिरिदै पोखरेलले भने- सम्भवतः आजै विवाद टुङ्ग्याउँछौ


२५ असार २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी एकता सम्भवतः आजै टुंग्याउने बताएका छन् । कार्यदलको बैठकबाट बाहिरिएका पोखरेलले सहमतिको अधिकतम प्रयास भइरहेको बताए ।

नेकपा एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा जारी छ । चार घण्टादेखि जारी बैठकबाट कार्यदल सदस्य शङ्कर पोखरेल भने बाहिरिएका छन् । छलफल जारी रहेकै बेला पोखरेल भने बैठक छोडेर बाहिरिएका हुन् ।

उनले सहमतिका लागि प्रयास जारी रहेको भन्दै सम्भवतः आजै विवाद टुङ्गिने बताए । ‘हामी सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौ । सम्भवतः आजै हामी टुङ्ग्याउँछौ’, पोखरेलले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

पार्टी विवाद मिलाउन कार्यदलको बैठक गत सोमबारदेखि लगातार बस्दै आएको छ ।

कार्यदलमा माधव पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त तथा भीम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णु प्रसाद पौडेल, सचिव प्रदीप कुमार ज्ञवाली, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, विष्णु रिमाल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस