एमाले कार्यदलको बैठक सिंहदरवारमा सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले कार्यदलको बैठक सिंहदरवारमा सुरु


२४ असार २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरवारमा सुरु भएको छ ।

अर्थ मन्त्रालयमा आज दोस्रो पटक बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबिच देखिएका विवाद समाधान गर्न कार्यदलको मस्यौदा पेस गरेर छलफल गर्ने नेताहरूले बताएका छन् । यसअघि बिहीबार(आजै) बिहान बसेको बैठकमा केही तयारी अपुग भएकाले दिनभर तयारी गरेर साँझ बस्ने गरी नेताहरू आन्तरिक परामर्शमा लागेका थिए ।

यही बिचमा पनि नेताहरूले अध्यक्ष ओली र नेता नेपालसँग आ–आफ्नै ढङ्गले छलफल गरेका छन् । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त र भीम आचार्यलगायत र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ , प्रदीप ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस