शासकीय प्रणालीलाई समावेशी बनाउन आयोगको जोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शासकीय प्रणालीलाई समावेशी बनाउन आयोगको जोड


२४ असार २०७८, बिहिबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लैङ्गिक तथा समावेशिताका विषयमा कानूनीभन्दा पनि व्यावहारिक रुपमा समस्या रहेको बताएका छन्।

संवैधानिक आयोगका पदाधिकारीसँग निर्वाचन आयोगमा आज भएको निर्वाचन व्यवस्थापनसम्बन्धी छलफलमा उनले राज्यका विभिन्न क्षेत्रका कार्यकारी पदमा महिलाको उपस्थिति न्यून रहेकाले शासकीय प्रणालीलाई समावेशी बनाउन सबै निकायबीच समन्वयको खाँचो औँल्याए ।

सो अवसरमा संवैधानिक आयोगको भूमिका र चुनौती, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, लैङ्गिक तथा समावेशी नीति, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणलगायत विषयमा छलफल भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

लोकसेवा, राष्ट्रिय मानवअधिकार, राष्ट्रिय महिला, मधेशी, आदिवासी जनजाति, थारु र समावेशी आयोगका पदाधिकारी छलफलमा सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस