पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध


२४ असार २०७८, बिहिबार


वालिङ । अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ गौतमडाँडास्थित सडकभन्दा माथिबाट आएको पहिराका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा सडकखण्ड आज दिउँसो सवा दुई बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउनका लागि सडक विभाग र पुतलीबजार नगरपालिकाकासँग समन्वय भइरहेको प्रवक्ता अधिकारीले बताए । सडक अवरुद्ध भएसँगै स्याङ्जादेखि पोखरा तथा पोखरादेखि स्याङ्जातर्फ आउने सवारी साधन बाटोमै रोकिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस