नेप्से परिसूचक २३.७६ अंकले वुद्धि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेप्से परिसूचक २३.७६ अंकले वुद्धि


२४ असार २०७८, बिहिबार


काठमाडौँ । झण्डै एक महिना लामो लगातारको गिरावटपछि बिहीबार सेयर बजार नेप्से परिसूचकमा अधिकतम २३.७६ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २३.७६ अंकले बढेर २ हजार ८२४.८९ विन्दुमा उक्लिएको छ ।

गत बुधबार नेप्से १६.९७ अंकले घटेर २ हजार ८०१.१३ विन्दुमा झरेको थियो । आज भने ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ४।४१ अंकले बढेर ५२९।६६ विन्दुमा पुगेको छ । यसदिन व्यापार र अन्य समूह बाहेक सबैजसो समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् । यद्यपि, आज सबैजसो समूहहरु धनात्मक हुँदा पनि कारोबार रकम भने अझैं ५ अर्ब पुग्न सकेको छैन ।

नेप्सेकाअनुसार आज कुल २२३ कम्पनीका एक करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर ५१ हजार ८६८ पटक किनबेच हुँदा जम्मा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँको मात्र कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस