इजरायलबाट स्वास्थ्य सामग्री नेपाल आइपुग्याे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इजरायलबाट स्वास्थ्य सामग्री नेपाल आइपुग्याे


२४ असार २०७८, बिहिबार


काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनीहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ । नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलोपटक अवतरण भएको हो ।

‘नेपाल आएका ती स्वास्थ्य सामग्री इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, इजरायली, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीबाट सहयोगस्वरुप प्राप्त भएका हुन्’, राजदूत डा. शाक्यले भने, ‘करीब २० करोड मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस