एमाले कार्यदल बैठक सकारात्मक, साँझ ७ बजे पुनः बस्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले कार्यदल बैठक सकारात्मक, साँझ ७ बजे पुनः बस्ने


२४ असार २०७८, बिहिबार


काठमाडौँ। नेकपा एमाले कार्यदलको बैठक सकिएको छ । बिहान सिंहदरवारमा बसको कार्यदलको बैठक सकारात्मक दिशामा अघि बढेको बताइएको छ ।

आज साँझसम्म निष्कर्षमा पुग्ने गरी पुनः ७ बजे बैठकमा बस्ने भएको छ ।

पछिल्लो समय एमाले कार्यदल सक्रिय भएपछि कार्यदलको बैठक निरन्तर बस्दै आएको छ । हिजो साँझ प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा प्रत्यक्ष भेटवार्ता भएको थियो ।

कार्यदलका नेताहरुपनि सम्मिलित उक्त भेटवार्ता सकारात्मक भएको र आजसम्ममा छलफल टुङ्गो लगाउने कार्यदलका नेताहरूले विश्वास व्यक्त गर्दै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस