इजरायलले दिएको २० करोड बराबरको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इजरायलले दिएको २० करोड बराबरको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो


२४ असार २०७८, बिहिबार


काठमाडौँ । इजरायल सरकारले नेपाललाई दिएको स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ । इजरायलले दिएको २० करोड बराबरको स्वास्थ्य सामाग्री बिहीबार काठमाडौँ आइपुगेको हो ।

नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बिहीबार बिहान त्रिभुवन विमानस्थलमा स्वास्थ्य मन्त्रालयका अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।

५८ थान भेन्टिलेटर, एक सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयु सम्बन्धी उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका स्वास्थ्य सामाग्री छन् ।

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्ने सफ्टवेयर तथा आवश्यक उपकरणहरू समेत रहेको राजदूतावासले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस