युनियन लाइफ इन्स्योरेन्सको आइपिओ आजदेखि खुल्यो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ आजदेखि खुल्यो


प्रशासन संवाददाता

२४ असार २०७८, बिहिबार


काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ आजदेखि खुलेको छ । कम्पनीले अङ्कित मूल्य १ सय दरमा कूल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो ।

कम्पनीले ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका छुट्याएपछि बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गर्ने बताएको छ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदन यही २८ गतेसम्म दिन सकिने छ ।

आफ्नो खाता रहेको बैङ्क अथवा सिडिएससीको अनलाइन माध्यम मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस