५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण


२४ असार २०७८, बिहिबार


सुर्खेत । कृषि विकास निर्देशनालय सुर्खेतले कृषकलाई ५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण गरेको छ ।

बिहीबारसम्म सुर्खेतस्थित व्यक्तिगत कृषकलाई १२ हजार र समूह सहकारी कृषकलाई ५९ हजार बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।

अनुदानमा वितरण गरेका बिरुवाका प्रजातिमध्ये आँप दशहरी ९ हजार, आँप अम्रपाली १ हजार, लिची ४ हजार, अनार १ हजार ५ सय, अङ्गुर चार सय, एभोकाडो दुई हजार एक सय, सुन्तला एक हजार, अमिलो तीन हजार, कागती १० हजार, जुनार दुई सय र केरा ३९ हजारसहित ७१ हजार बिरुवा वितरण गरेको निर्देशनालय सुर्खेतका बागवानी अधिकृत दशरथ पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस