ट्रम्पद्वारा फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ट्रम्पद्वारा फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा दायर


एजेन्सी

२४ असार २०७८, बिहिबार


एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र अल्फाबेट कम्पनी र तिनका प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर गरेका छन् ।

ट्रम्पले कन्जरभेटिभ विचारधारालाई गैरकानुनी तरिकाले प्रतिबन्ध लगाएको भन्दै तीन कम्पनी र तिनका सिइओविरुद्ध मुद्दा दर्ता गराएका हुन् । उनले फेसबुकका

मार्क जुकरबर्ग, ट्विटर ज्याक डोर्सी र अल्फाबेटका सुन्दर पिचाईविरूद्ध बुधवार मियामीको एक अदालतमा मुद्दा दर्ता गराएको समाचार संस्था रोयटर्सले जनाएको छ । अल्फाबेट गुगलको प्यारेन्ट कम्पनी हो।

ती कम्पनीहरूले अमेरिकी संविधानमा प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लङ्घन गरेको ट्रम्पको मुद्दामा भनिएको छ ।

ट्रम्पले मुद्दा दर्ता गराएपछि अमेरिकी स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको जित हुने बताएका छन् । उनले पत्रकार सम्मेलनमा भने,‘हामीले अमेरिकी स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको जित सँगसँगै हासिल गर्नेछौँ ।’ मुद्दाबारे ती कम्पनीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

गत जनवरी ६ मा ट्रम्पका सयौँ समर्थकले संसद् भवनमा हुलदङ्गा गरेका थिए। ट्रम्पले सामाजिक सञ्जालमार्फत उनीहरूको प्रशंसा गरेपछि सामाजिक सञ्जालहरूले उनलाई प्रतिबन्ध लगाइदिएका थिए। त्यतिबेला उनी अमेरिकाका बहालवाला राष्ट्रपति थिए। उक्त प्रतिबन्ध ती कम्पनीहरूले अहिलेसम्म फुकुवा गरेका छैन।

Tags :
प्रतिक्रिया दिनुहोस