प्रदेश २ लोक सेवा : असार मसान्तभित्र रिक्त पदको विवरण पठाउन परिपत्र « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश २ लोक सेवा : असार मसान्तभित्र रिक्त पदको विवरण पठाउन परिपत्र


२४ असार २०७८, बिहिबार


जनकपुरधाम । प्रदेश नम्बर २ लोक सेवा आयोगले निजामती सेवाका सहायक चौथो र पाँचौँ तहको रिक्त रहेका पदहरूको विवरण माग गरेको छ ।

आयोगले पदपूर्ति कार्यतालिका अनुसार प्रदेश निजामती सेवाका पदपूर्ति गर्नुपर्ने भएकाले सबै निकायहरूलाई रिक्त पदपूर्तिको माग फारम भरी विवरण पठाउन परिपत्र गरेको हो ।

आयोगले यही वैशाख १२ गते वार्षिक कार्यतालिका प्रकाशित गरेको थियो । सोही बमोजिम पदपूर्तिको विज्ञापन गर्नुपर्ने भएकाले असार मसान्तभित्र विवरण पठाउन प्रदेश स्तरका सबै निकायलाई परिपत्र गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस