हाइटीका राष्ट्रपति मोइजको गोली हानी हत्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हाइटीका राष्ट्रपति मोइजको गोली हानी हत्या


२४ असार २०७८, बिहिबार


मेक्सिको । हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उनको निजी निवासमा गोली हानी हत्या गरिएको छ ।

हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गरेका छन् ।

मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् सबैभन्दा गरीब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आएका थिए । उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उनलाई पनि दोषी मानिँदै आएको थियो ।

अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ । राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै बर्षको जुन २६ मा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस