कृषितर्फ दुई सहसचिव र चार उपसचिवको विज्ञापन रद्द « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कृषितर्फ दुई सहसचिव र चार उपसचिवको विज्ञापन रद्द


२३ असार २०७८, बुधबार


काठमाडौँ । नेपाल कृषि सेवा, भेटेरिनरी समूहका दुई सहसचिव र चार उपसचिवकालागि गरिएको विज्ञापन रद्द गरिएको छ ।

लोक सेवा आयोगले बुधवार(आज) एक सूचना प्रकाशित गर्दै ज्येष्ठता र कार्यसम्पादन, कार्यक्षमता मूल्याङ्कन र आन्तरिक प्रतिस्पर्धाका लागि माग गरिएको बढुवा सूचना तथा विज्ञापन सर्वोच्च अदालतको आदेशमा रद्द गरेको हो ।

आयोगले ज्येष्ठता र कार्यसम्पादन र आन्तरिक प्रतिस्पर्धाबाट एक–एक गरी दुई जना सहसचिवका लागि विज्ञापन गरेको थियो भने ज्येष्ठता र कार्यसम्पादन एक, कार्य क्षमता मूल्याङ्कन दुई र आन्तरिक प्रतिस्पर्धा एक गरी चार जना उपसचिवका लागि खुलाएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस