चाँदीको अवैध गरगहनासहित दुई पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चाँदीको अवैध गरगहनासहित दुई पक्राउ


२३ असार २०७८, बुधबार


पक्राउ

लहान । चाँदीको अवैध गहनासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–३ का २८ वर्षीय मनप्रसाद गदाली र सिरहाको गोलबजार नगरपालिका–३ का २७ वर्षीय श्याम विक रहेको प्रहरीले जनाएको छ । सीमावर्ती भगवानपुर गाउँपालिका–१ स्थित सडकबाट दुवैजनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका गदाली र विकको साथबाट करिब नौ किलो ७०० ग्राम चाँदीजस्तो देखिने धातुका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस