वाग्मती प्रदेशसभाको बैठक असार २६ बस्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाग्मती प्रदेशसभाको बैठक असार २६ बस्ने


२३ असार २०७८, बुधबार


मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक यही असार २६ गते अपराह्न ३ बजे बस्ने भएको छ ।

असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २६ गते अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध गरेपछि तीन मिनेटको समयमा बैठक बसेर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए।

कार्यपरामर्श समितिको बैठक बसेर विनियोजित बजेटको विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल अगाडि बढाउने र प्रतिपक्षले उठाउएको सरोकारको विषयमा पनि छलफल गरी सहमतिमा ल्याएर बजेट पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस