रुपाले दिएको रिटमा सर्वोच्चले मन्त्री श्रेष्ठसँग माग्यो लिखित जवाफ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रुपाले दिएको रिटमा सर्वोच्चले मन्त्री श्रेष्ठसँग माग्यो लिखित जवाफ


२३ असार २०७८, बुधबार


काठमाडौँ । जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा छलफलका लागि दुबै पक्षलाई असार २८ गते बोलाएको छ ।

सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेका थिए ।

यस विषयमा मन्त्री श्रेष्ठविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी दिँदा लिन नमानेपछि रुपाले सर्वोच्चमा रिट दायर गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस