२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पानीको मात्रा बढ्ने

अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उनीहरुले औँल्याएका हुन् ।

स्वच्छ ऊर्जा नेपालसँगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले सोमबार आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन विषयका विज्ञ मञ्जित ढकालले सन् २०५० सम्ममा अहिलेको हिसाबले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा आठ देखि १२ प्रतिशतसम्म पानीको मात्रामा वृद्धि हुनसक्ने बताए।

‘अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन् २०५० सम्ममा पृथ्वीको तापक्रम थप एक दशमलव तीन डिग्री सेल्सियसदेखि एक दशमलव आठ डिग्री सेल्सियससम्म पुग्नसक्छ’, उनले भने । अहिलेसम्म पृथ्वीको आर्सम तापमान (औद्योगिकीकरण समयपछि) करिब एक डिग्री सेल्सियसले वृद्धि भइरहेको उनले जानकारी दिए ।

सन् २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको छ । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपद्का घटना पनि जलवायु परिवर्तनको प्रभावले भएको विज्ञ ढकालले बताए। उनका अनुसार नेपालमा भएका सुक्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरुको मुख्य कारण नै जलवायु परिवर्तन हो । साथै उनले जलवायु परिवर्तनको असरले पारेको जोखिम न्यूनीकरणमा नेपाल सरकारले राम्रा कामहरु पनि गरिरहेको बताए।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब तीन हजार २५२ हिमनदी र दुई हजार ३२३ हिमतालहरु छन् । धेरैजसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ भने २० वटा हिमताल जोखिममा छन् । विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदीहरु द्रुत गतिमा पग्लिँदै गइरहेका छन् ।

वातावरण पत्रकार राजेश घिमिरेले बढ्दो तातोपनाका कारण विशेषगरेर झाडापखाला र लामखुट्टे जातिबाट सर्ने मलेरिया, कालाजार, जापानिज इन्सेफलाइटिस् जस्ता रोगमा वृद्धि भई यसबाट हुने मृत्युदर बढ्ने र बाढी पहिरोका घटनाको बेला शुद्ध पिउने पानीको अभावले धेरै मानिसहरु पानीजन्य रोगबाट पीडित हुनसक्ने बताए।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चका अनुसार सन् १८८० देखि २०१२ सम्ममा पृथ्वीको औसत तापक्रम शुन्य दशमलव ८५ डिग्री सेल्सियसले बढिसकेको छ र यो क्रम जारी छ । पृथ्वीको आर्कटिक क्षेत्रको समुद्री बरफ प्रतिदशक तीन प्रतिशतले घटिरहेको छ । यस्तै सन् १९०० देखि २०१९ को अन्त्यसम्मको समयावधिमा समुद्री सतह शून्य दशलमव १८ देखि शून्य दशमलव दुई मिटरले बढेको छ ।

परिवर्तित जलवायुमा अनुकूलतापूर्वक बाँच्नका लागि स्थानीय व्यक्तिहरूले अवलम्बन गरेका कार्यको पहिचान गरी त्यसको विकास तथा आदानप्रदान गर्ने काम नेपाल सरकारले गरिरहेको छ । स्वच्छ ऊर्जा नेपालले पनि अनुकूलनसँग सम्बन्धित विभिन्न कोषलाई जोखिमपूर्ण अवस्थामा रहेका समुदायसम्म पु¥याउन स्थानीय, क्षेत्रीय र राष्ट्रिय संयन्त्र र संस्थागत संरचनाको विकास गर्ने काममा पैरवी गरिरहेको जनाएको छ ।

जलवायुसम्बन्धी जनचेतना अभिवृद्धि, शैक्षिक क्षेत्रमा यसको पाठ्यक्रमको विकास र विभिन्न सरोकारवालाबीचको सहकार्य र समन्वयलाई प्रोत्साहन गर्ने कामलाई पनि अनुकूलनको अभ्यासका रूपमा लिन सकिने स्वच्छ ऊर्जा नेपालका वरिष्ठ अधिकृत लालमणी वाग्लेले बताए।

ऊर्जाका लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवं कोइलाको प्रयोगमा कम गर्न सकिन्छ । नवीकरणीय ऊर्जाहरु सौर्य ऊर्जा, जलविद्युत्, वायुशक्ति, बायो ग्यास, भू–ताप आदिको प्रवर्द्धन गरी उपयोग गरेमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने विज्ञहरुको सुझाव छ ।