बलिउड अभिनेता दीलिप कुमारको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बलिउड अभिनेता दीलिप कुमारको निधन


एजेन्सी

२३ असार २०७८, बुधबार


काठमाडौँ । बलिउड अभिनेता दीलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएको उनको बुधवार निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ ।

९८ वर्षीय दीलिपकुमार जुन ३० मा अस्पताल भर्ना भएको थिए । यस अघि स्वास्थ्य समस्याका कारण जुन ६ मा पनि अस्पताल भर्ना भएर डिस्चार्ज भएको थिए ।

बलिउडमा ‘ट्र्याजेडी किङ’ उपनाम पाएका उनी फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए । उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनको वास्तविक नाम युसुफ खान हो ।

उनले दैवदास(१९५५), नयाँ दौर (१९५७), मुघल–ए–आजाम(१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), कर्म (१९८६) लगायत फिल्ममा सशक्त अभिनय गरेका छन् ।

उनी पद्म विभूषण, भद्म भूषण र दादा साहेब फाल्के अवार्डबाट सम्मानित भएका छन् । उनले पाकिस्तानको उच्च नागरिक सम्मान निशान–ए–इम्तियाजबाट पनि सम्मानित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस