अज्ञात व्यक्तिद्वारा डोजरमा आगजनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अज्ञात व्यक्तिद्वारा डोजरमा आगजनी


२३ असार २०७८, बुधबार


डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको देउली-रिसेडी सडकखण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी  गरिएकाे छ ।

मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमवार राती करिब १२ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । डोजर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी रवीन्द्र चन्दका अनुसार डोजर चालक भरतबहादुर बमले डोजर आगजनी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय बिपिनगरका प्रहरी निरीक्षक मोहन साउद नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

डोजर कसले र किन जलाएको हो केही पत्ता नलागेको र अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस