आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


२३ असार २०७८, बुधबार


काठमाडौँ । हाल देशभर मौसमी वायुको प्रभावका कारण पूर्णरुपमा बदली रही प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश तथा अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आगामी २४ घण्टाभित्र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरूमा नदी तथा खोलाहरूमा पानीको सतह बढ्ने देखिएकोले दैनिक जीवन तथा यातायात प्रभावित हुने हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस