सेनाद्वारा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेनाद्वारा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी


२३ असार २०७८, बुधबार


काठमाडौँ । सेनाले सिन्धुपाल्चोक हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकामा यही असारको पहिलो साता गएको बाढी पहिरो पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति सङ्कलित राहत सामग्री ढुवानी गरेको छ ।

उक्त बाढीका कारण सडक तथा पुल क्षति भई सडक सञ्जाल बिच्छेद भएपछि सेनाले हेलिकप्टरमार्फत सङ्कलित सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

पाँचपोखरी थाङ्गपाल गाँउपालिका–३ सुनचौर जस्तापाता ५२ बण्डल, मेलम्ची घ्याङमा जेनेरेटर इन्धन र ३५० लिटर डिजेल तथा दुई हजार ८०० केजी खाद्यान्न ढुवानी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस्तै तेम्बाथानमा एक हजार ६०० केजी खाद्यान्न र औषधिलगायत मेडिकल सामान ढुवानी गरेको जानकारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस