लोकमार्गको कनकाई पुलमा खाल्डैखाल्डा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोकमार्गको कनकाई पुलमा खाल्डैखाल्डा


२२ असार २०७८, मंगलबार


झापा । नेपालको लामो पुलमध्येको पूर्व-पश्चिम लोकमार्गको कनकाई पुलमा खाल्डैखाल्डो परेको छ ।

बेलैमा मर्मत नहुँदा सवारी आवतजावतमा समस्या हुन थालेको छ । झापाको कनकाई र शिवसताक्षी नगरपालिकाको सीमामा रहेको कनकाई नदीको सो पक्की पुल ७०३ मिटर लामो छ । पुलको पश्चिम भागतिर साना र ठूला गरी २८ वटा खाल्डा छन् ।

दैनिक हजारौं सवारी साधन गुड्ने मुख्य लोकमार्गको यति महत्वपूर्ण पुलको बेलैमा मर्मत नगरिनु लापर्वाही भएको र कुनै पनि बेला दुर्घटना हुनसक्ने सम्भावना छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेललाई कनकाई पुलको अवस्था बारेमा ध्यानाकर्षण गराउँदा चाँडै मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल पूर्व-पश्चिम लोकमार्गकै रतुवा पुलमाथि परेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनले बताए ।

सडक तथा पुल मर्मतका लागि चालु आर्थिक वर्षमा रु १० करोड बजेट आएको उनले जानकारी दिए । यो पुल विसं २०२८ तिर बनेको हो । केही वर्ष अघिसम्म यो पुल नेपालकै सबैभन्दा लामो मानिन्थ्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस