सशस्त्र प्रहरीका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरीका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस


२२ असार २०७८, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समिती बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको हो ।

सशस्त्रमा डीआईजी हुनका लागि सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज गरेको हुनुपर्छ । धौबजी र न्यौपानेले सो तालिम गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस