जापानमा पहिरोमा परी मारिएकाप्रति राष्ट्रसंघीय महासचिवद्धारा दुःख व्यक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जापानमा पहिरोमा परी मारिएकाप्रति राष्ट्रसंघीय महासचिवद्धारा दुःख व्यक्त


२२ असार २०७८, मंगलबार


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जापानमा हालै आएको बाढी र पहिरोमा परी नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ताले सोमबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिएका छन् । उनले महासचिव गुटर्रेसले सो घटनाले आफूलाई दुःखी बनाएको बताएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकद्धारा जारी सो विज्ञप्तिमा महासचिव गुटर्रेसले उक्त पहिरोमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् र घाइतेहरुहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

यस्तो अप्ठेरो परिस्थितिमा महासचिव गुटरेसले आफु र संयुक्त राष्ट्रसंघ जापान सरकार र जापानी नागरिकको पक्षमा रहेको पनि बताएका छन्। जापानको आतमी प्रिफेक्चरमा हालैको अविरल वर्षा र त्यसपछिको पहिरोमा परी दुई जनाको निधन भएको थियो भने अरु २० जना अहिले पनि हराइरहेका छन् ।

तीन दिनअघिको सो पहिरोमा परी हराएका व्यक्ति अब भने भेटिने आश नरेको जापानको उद्धारकर्ताहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस