बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेका व्‍यक्ति पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेका व्‍यक्ति पक्राउ


२२ असार २०७८, मंगलबार


पक्राउ

काठमाडौँ । प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बूढानीलकण्ठ नगरपालिका–७ बस्‍ने ५९ वर्षीय लाक्‍पा लामालाई काठमाडौँको चक्रपथबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २०७७ साल माघ ९ गते बैंकिङ्ग कसूर मुद्दामा ७ दिन कैद र १५ लाख जरिवाना सुनाएको थियो ।

२०७५ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर जनता बैंकमा रहेको खाताबाट पीडितलाई भुक्तान हुने गरी १५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको बताएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस