आयोगबाट फर्किए जसपाका नेताहरू, भएन सम्झौता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आयोगबाट फर्किए जसपाका नेताहरू, भएन सम्झौता


२२ असार २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू निर्वाचन आयोगबाट फर्किएका छन् । जसपाका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आयोगले बोलाएपछि आयोगको कार्यालय पुगेका नेताहरू सम्झौता नगरी फर्किएका हुन् ।

निर्वाचन आयोग पुगेका नेताहरूले आफूहरू नमिल्ने भन्दै आयोगलाई प्रक्रिया अनुसार अघि बढ्न भनेका छन् । उनीहरूले आयोगलाई नियमानुसार अघि बढ्न भन्दै दुवै पक्षले सहमति जनाएको स्रोतले जानकारी दिएको छ ।

यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको निवेदनपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको थियो ।

आज ठाकुर पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, केशव झाल तथा यादव पक्षका महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारीलगायतका नेताहरू छलफलमा सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस