जसपाका यादव र ठाकुर पक्ष निर्वाचन आयोगमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जसपाका यादव र ठाकुर पक्ष निर्वाचन आयोगमा


२२ असार २०७८, मंगलबार


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

आयोगले जसपाका दुवै पक्षलाई आन्तरिक मेलमिलापका बोलाएकोले उनीहरु आयोगको कार्यलय पुगेका हुन् ।

ठाकुर र यादवसँगै महेन्द्र राय यादव, राजेन्द्र महतो, शरतसिंह भडारी, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्णलगायत नेताहरु आयोग पुगेका छन् ।

यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

यादव पक्षको निवेदनपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो ।

ठाकुर पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस