तामाकोशीले ठूला परियोजनाका लागि आत्मविश्वास बढाउने राष्ट्रपतिको विश्वास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तामाकोशीले ठूला परियोजनाका लागि आत्मविश्वास बढाउने राष्ट्रपतिको विश्वास


२२ असार २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण भएको बताएकी छन् ।

राष्ट्रपतिले सोमबार साँझ ट्वीट गर्दै सो आयोजनाले मुलुकको विद्युत् उत्पादन क्षमता वृद्धि गर्नाका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्वास बढाउने विश्वासका साथ आयोजनाको सफलतामा योगदान गर्ने सबैलाई बधाई दिएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस