मध्यावधि निर्वाचनका लागि असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ता आह्वान « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मध्यावधि निर्वाचनका लागि असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ता आह्वान


२१ असार २०७८, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म दल दर्ताको समय दिएको हो ।

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।

सोमबार प्रतिनिधि सभाको निर्वाचन कार्याक्रम सार्वजनिक गर्दै आयोगले दल दर्ताको मिति तय गरेको हो । ​आयोगले राजनीतिक दलहरुलाई स्वीकृति प्रदान गरिएको सूची साउन १६ गते देखि २३ गतेसम्म राजपत्रमा प्रकाशित गर्ने जनाएको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस