मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक


२१ असार २०७८, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार गरेको हो ।

दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गते मनोनयन दर्ता गर्ने र कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषण गरेको थियो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस