सुजिता भण्डारी हत्या प्रकरणमा प्रहरीविरुद्ध नाराबाजी, राजमार्ग अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुजिता भण्डारी हत्या प्रकरणमा प्रहरीविरुद्ध नाराबाजी, राजमार्ग अवरुद्ध


२१ असार २०७८, सोमबार


चितवन । राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी हत्या प्रकरणमा घटनाको छानबिन गर्न भन्दै स्थानीय वासीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

१० दिन अघिदेखि बेपत्ता भएकी भण्डारीको शव फेलापरेपछि प्रहरीले शव अस्पताल लैजानेबेला आफन्त र स्थानीयबासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

१० दिनसम्म पनि घटनाको अनुसन्धान नगरेको भन्दै स्थानीयहरूले प्रहरीविरुद्ध नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गरेपछि राजमार्ग क्षेत्र तनावग्रस्त बनेको छ ।

असार ११ गतेबिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस