त्रिवि उपकुलपतिको कार्यालयमा एमफिल र पीचडीका विद्यार्थीको धर्ना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

त्रिवि उपकुलपतिको कार्यालयमा एमफिल र पीचडीका विद्यार्थीको धर्ना


२१ असार २०७८, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा अध्ययनरत एमफिल र पीचडीका विद्यार्थीहरूले उपकुलपतिको कार्यालयमा धर्ना दिएका छन्।

एमफिल र पिएचडीको शुल्क वैज्ञानिक भएन भन्दै त्रिवि विद्यार्थी सङ्घर्ष समितिका विद्यार्थीले उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्यालयमा हिजोदेखि धर्ना बस्न सुरु गरेका हुन्।

त्रिविले सङ्घर्ष समितिले बुझाएको ३ बुँदे माग सम्बोधन नभएसम्म धर्नामा बसिरहने धर्नामा सहभागी विद्यार्थीहरूले बताएका छन् । विद्यार्थीले त्रिविले एमफिल र पीचडीमा नियमित कार्यक्रम राख्नुपर्ने, ग्र्याजुएट स्कुल अफ साइन्सको स्थापना गर्नुपर्ने र निःशुल्क अध्ययनको वातावरण निर्माण गर्नुपर्ने माग राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस