फिलिपिन्समा विमान दुर्घटनामा मृत्यु हुनको सङ्ख्या ५० पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फिलिपिन्समा विमान दुर्घटनामा मृत्यु हुनको सङ्ख्या ५० पुग्यो


२१ असार २०७८, सोमबार


काठमाडौँ । दक्षिण फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । ९६ यात्रु बोकेको लकहिड सी–१३० विमान दुर्घटनामा परेको थियो । विमानमा अधिकांश सेनाहरू रहेको बताइएको छ ।

घटनामा ४९ जना सैन्य अधिकारीहरू घाइते भएको बिबिसीले उल्लेख गरेको छ । दुर्घटनामा तीन स्थानीय सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

दुर्घटनाको अनुसन्धान भइरहेको फिलिपिन्सको सुरक्षा बलले एबीएस–सीबीएनलाई जानकारी दिएको छ । विमानमा बाहिरी आक्रमणको कुनै सङ्केत नदेखिएको जनाइएको छ ।

उक्त विमान यसअघि अमेरिकी एयर फोर्सको सेवामा रहेको थियो । फिलिपिन्सलाई जनवरीमा मात्रै हस्तान्तरण गरेको थियो ।

१९८८ मा यो विमानको पहिलो उडान गरेको एभिएसन सेफ्टी नेटवर्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस