राष्ट्रिय सभा तेस्रो बैठकमा तीन प्रतिवेदन पेस हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभा तेस्रो बैठकमा तीन प्रतिवेदन पेस हुँदै


२१ असार २०७८, सोमबार


काठमाडौँ । आज राष्ट्रिय सभा आठौँ अधिवेशनको तेस्रो बैठक बस्दै छ । आजको बैठकमा तीन वटा प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने छन् ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस अघि असार १७ गते पहिलो बैठक र २० गते दोस्रो बैठक बसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस